जसपाको संघीय परिषद भेला चैतमा

  नेपाली सन्देश डट कम | १३ माघ २०८१, आईतवार १३:०३

बिरगञ्ज । अशोक राई नेतृत्वको समाजवादी पार्टीको संघीय परिषद्को भेला चैतमा गरिने भएको छ।

सो पार्टीको आज सम्पन्न केन्द्रीय समितिको बैठकले चैतमा, काठमाडौंमा सो भेला गर्ने निर्णय गरेको हो 

शनिवारवाट सुरू भई आइतवार वीरगञ्जमा सम्पन्न पार्टीको दोस्रो केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको महासचिव ईस्तियाक राईले बताए।

बैठकले अध्यक्ष राईको राजनीतिक प्रविदेदनसमेत सर्वसम्मत पारित गरेको तथा पार्टीको जिल्ला र प्रदेश कमिटीहरुलाई पूर्णता दिने गरी सांगठनिक प्रतिवेदनसमेत पारित गरेको उनले बताए।

उनका अनुसार पार्टी संघीय परिषदको भेला आयोजना गर्नुभन्दा अगावै पार्टी कमिटीलाई पूर्णता दिईने निर्णयसमेत भएको महासचिव राईले बताए। 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?