अनेरास्ववियु गजुरी गाउँपालिकाको भेला सम्पन्न अध्यक्षमा प्रकाश लामिछाने चयन अनेरास्ववियु गजुरी गाउँपालिकाको भेला सम्पन्न प्रकाश लामिछानेको अध्यक्षतामा ४३ सदस्यीय कमिटि गठन

  नेपाली सन्देश डट कम | २२ भाद्र २०७८, मंगलवार ११:२६

गजुरी/धादिङ

धादिङको गजुरी गाउँपालिकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गजुरी गाउँपालिकाको गाउँपालिका स्तरीय भेला मङ्गलबार सम्पन्न भएको छ।नेकपा एमाले निकट विद्यार्थी को भातृ सङ्गठन अनेरास्ववियुको गाउँपालिका स्तरीय भेलाले गजुरी-५ का प्रकाश लामिछानेको अध्यक्षतामा ४३ सदस्यीय कमिटी गठन गरेको छ।कमिटीको उपाध्यक्षमा मनिषा सापकोटा,उपाध्यक्ष रविन अधिकारी,सचिव उष्शब अधिकारी,सह-सचिव राजुमान तामाङ,सह-सचिव,समिक्षा भण्डारी,सह-सचिव प्रबेश थापा,कोषाध्यक्ष त्रिबिक्रम बरुवाल सहित ४३ सदस्यीय कमिटी गठन भएको छ।बिभाग अन्तर्गत महिला विभाग प्रमुख:मनिषा सापकोटा,सङ्गठन विभाग प्रमुख:प्रशान्त भण्डारी,अखिल फोर्स प्रमुख:सुदिप उप्रेती,प्रचार प्रसार बिभाग प्रमुख:सुवास अधिकारी चयन हुनु भएको छ।अनेरास्ववियु गजुरी गाउँपालिका संयोजक बिजय खरेलको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज सन्तोष राना क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियोेअनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य सञ्जय दुवाडि,नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत,गाउँ संगठन कमिटी अध्यक्ष माधब भण्डारी,वडा नं.१ का वडा अध्यक्ष राजकुमार पण्डित,अनेरास्ववियु नेता कल्याण अधिकारीले भेलालाई सम्बोधन गर्नुभएको थियो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?