गजुरी/धादिङ
नेकपा एमाले गजुरी गाउँपालिका वडा नं.६को वडा स्तरीय भेला आईतबार सम्पन्न भएको छ।नेकपा एमाले गजुरी गाउँ संगठन कमिटीको ८ वटै वडामा भेला गरि संगठन निमार्ण गर्ने कार्ययोजना अनुसार आज पाँचौ दिन वडा नं.६को भेला भव्य उपस्थितिमा सम्पन्न भएको छ।भेलाबाट बिष्णु श्रेष्ठ ईन्चार्ज, रामप्रसाद अधिकारी अध्यक्ष र नारायण सुवेदी सचिव रहने गरि २९ सदस्यीय वडा कमिटी गठन भएको छ।सङ्गै भातृ संगठन अन्तर्गत ईन्चार्ज भुपाल श्रेष्ठ,अध्यक्ष रेशम आले र सचिव सुशील पुन रहने गरि २० सदस्यीय युवा संघ नेपाल,मिरा भण्डारी अध्यक्ष र मिरा मगर सचिव रहने गरि १८ सदस्यीय अखिल नेपाल महिला संघ गठन भएको छ।नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँ संगठन कमिटी अध्यक्ष माधव भण्डारी,वडा नं.५ का वडा अध्यक्ष रामचन्द्र मिजार,वडा नं.१ कमिटी अध्यक्ष भद्रलाल मगर,गाउँ संगठन कमिटी सचिवालय सदस्य बसन्त दुवाडि,वडा नं.५ कमिटी अध्यक्ष राजेन्द्र सुवेदि,युवा संघ केन्द्रीय सदस्य रमेश अधिकारी,किसान संघ,अखिल नेपाल महिला संघ,शिक्षक संघ,अनेरास्ववियु प्रतिनिधि लगाएतको आतिथ्यता रहेको थियोे
प्रतिक्रिया