नेकपा एमाले गजुरी गाउँपालिका वडा नं.८को भेला सम्पन्न अध्यक्षमा रेशम बहादुर बस्नेत चयन

  नेपाली सन्देश डट कम | १९ भाद्र २०७८, शनिबार १५:१३

गजुरी/धादिङ
नेकपा एमाले गजुरी गाउँपालिका वडा नं.८को वडा स्तरीय भेला शनिबार सम्पन्न भएको छ।नेकपा एमाले गजुरी गाउँ संगठन कमिटीको ८ वटै वडामा भेला गरि संगठन निमार्ण गर्ने कार्ययोजना अनुसार आज चौथो दिन वडा नं.८को भेला भव्य उपस्थितिमा सम्पन्न भएको छ।भेलाबाट रेशम बहादुर बस्नेत अध्यक्ष र सुवास मोक्तान सचिव रहने गरि २९ सदस्यीय वडा कमिटी गठन भएको छ।सङ्गै भातृ संगठन अन्तर्गत आशिश तामाङको संयोजकत्वमा २५ सदस्यीय युवा संघ नेपाल,बद्री रोक्का अध्यक्ष र हरिहर बस्नेत सचिव रहने गरि१७ सदस्यीय अखिल नेपाल किसान संघ गठन भएको छ। नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा गाउँ संगठन कमिटी अध्यक्ष माधव भण्डारी,एमाले युवा नेता योगेन्द्र कुमार बस्नेत,वडा नं.१ का वडा अध्यक्ष राजकुमार पण्डित लगाएतको आतिथ्यता रहेको थियोे।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?