गजुरी-८का ५२जना माओवादी कार्यकर्ता एमालेमा प्रवेश 

  नेपाली सन्देश डट कम | १९ भाद्र २०७८, शनिबार १५:०१

गजुरी/किराञ्चोक
नेकपा एमाले गजुरी गाउँ संगठन कमिटीद्धारा शनिवार आयोजित वडा भेला कार्यक्रममा गजुरी गाउँपालिका वडा नं.८ किराञ्चोकका ५२जना माओबादी कार्यकर्ता एमालेमा प्रवेश भएका छन् ।थुम्किडाडांका बिनोद तामाङको अगुवाइमा थुम्किडाडा,ठुलो बाङ्गे,सानो बाङ्गे,भिर खर्क,छेडा,तीन घरे समुदायका ५२भन्दा माथि माओबादी कार्यकर्ता माओबादी परित्याग गरि एमालेमा प्रबेश हुनेलाई जिल्ला कमिटी सदस्य एवम् गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत,गाउँ संगठन कमिटी अध्यक्ष माधब भण्डारी र एमाले युवा नेता योगेन्द्र कुमार बस्नेतले टीका र खादा लगाएर पाटि प्रबेश गराइ एमालेमा स्वागत गरेका छन् ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?