गजुरीमा एनसेलको तार जोड्ने क्रममा विद्युत सर्ट हुँदा २ जनाको मृत्युु,१ घाईते

  नेपाली सन्देश डट कम | १४ भाद्र २०७८, सोमबार ०४:०५

गजुरी/धादिङ
धादिङको गजुरी गाउँपालिका वडा नं ५ बञ्चरे (धारापानी) मा अविरल बर्षाको कारणले पहिरोले रुख ढलेर एन सेलको तार छिनेको र बनाउन जाने क्रममा बिद्युत प्राधिकरणको पोलमा भर्याङ राख्दा पोलमा सर्टभएको बिधुतको कारण २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएको स्थानीय राजेन्द्र सुबेदिले जानकारी दिनुभयो।मृत्यु हुनेमा स्याङजा घर भएका विमल परियार र पोखरा घर भएका उमाकान्त बराल रहेका छन्। भने घाईते हुनेमा पोखरा घर भएका भुवन बराल रहेका छन् । घाईतेको उपचारको लागि काठमाण्डौं पाठाईएको ईलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ।मृत्यु भएका दुई जनालाई भने गजुरी अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?