लण्डन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला हाल बेलायत भ्रमणमा रहेका छन्। उनले हालै हाउस अफ कमन्समा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीसँग महत्त्वपूर्ण भेटघाट गरेका छन्।
दुवै नेता बीच भएको बैठकमा नेपाल र बेलायतको बीचको द्विपक्षीय सम्बन्ध र आपसी सहयोगको विषयमा विस्तृत छलफल भएको थियो। नेपाल र बेलायतबीचको ऐतिहासिक र मित्रवत् सम्बन्धलाई अझ सुदृढ पार्नका लागि विभिन्न पहलहरूको सुझाव दिइएको थियो।
डा. कोइरालाले बेलायती सरकारको नेपालमा विकास र पुनर्निर्माणका क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्दै भविष्यमा थप सहयोगका लागि आग्रह गरेका छन्। उनले बेलायतका सहयोगी संस्थाहरूसँग सहकार्यलाई बलियो बनाउन र नेपालका विभिन्न सामाजिक र आर्थिक योजनामा बेलायतको भूमिका थप सशक्त बनाउनका लागि योजनाहरु प्रस्तुत गरेका छन्।
यस भेटमा जेम्स क्लेभर्लीले नेपालसँगको सम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धता जनाउँदै, नेपालको समृद्धि र विकासमा बेलायतको निरन्तर सहयोग रहने बताएका छन्।
नेपाल र बेलायतको सम्बन्धलाई थप प्रगाढ बनाउनको लागि, डा. शेखर कोइरालाले आगामी दिनहरूमा विभिन्न कूटनीतिक र विकासात्मक प्रयासहरूलाई अघि बढाउने तयारी गरेका छन्।
प्रतिक्रिया