सुन तोलामा १६ सयले बढ्यो

  नेपाली सन्देश डट कम | २८ पुष २०८१, आईतवार ०८:१६

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुनको भाउ १ लाख ५४ हजार १०० रुपैयाँ रहेको थियो ।

यता, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १८ सय ६० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १८ सय ४५ रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?