लस एन्जलसमा आगलागीबाट मृत्यु हुनेको संख्या १० पुग्यो, राष्ट्रपति बाइडेनद्वारा राहतको घोषणा

  नेपाली सन्देश डट कम | २६ पुष २०८१, शुक्रबार १७:३२

काठमाडौं । अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा मृत्यु हुनेको संख्या १० पुगेको छ । लस एन्जलस काउन्टी मेडिकल परीक्षकले यसको पुष्टि गरेका छन्।

यसैबीच राष्ट्रपति जो बाइडेनले दक्षिणी क्यालिफोर्नियामा आगामी ६ महिनासम्म ‘जीवन र सम्पत्तिको सुरक्षा’ खर्च संघीय सरकारले व्यहोर्ने घोषणा गरेका छन्।

लस एन्जलस काउन्टी मेडिकल एग्जामिनरले आगलागीमा परी ज्यान गुमाउनेहरुको पहिचान भैरहेको बताएका छन् ।

उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आगलागीको अवस्था र सुरक्षाको चिन्ताका कारण यी मृत्यु भएका ठाउँमा मेडिकल परीक्षक विभाग पुग्न नसक्दा मृतकको पहिचान हुन केही साता लाग्न सक्छ ।

मृतकका परिवारलाई जानकारी दिने प्रक्रिया पनि चलिरहेको बताइएको छ ।

यसअघि पालिसेडमा आगलागीका कारण दुई जनाको मृत्यु भएको र ईटनमा आगलागीका कारण पाँच जनाको मृत्यु भएको जानकारी आएको थियो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?