बोटलर्स नेपालकाे आज एजिएम, सभामा ५० प्रतिशत लाभांश प्रस्ताव पेश गर्दै

  नेपाली सन्देश डट कम | २६ पुष २०८१, शुक्रबार ०३:३७

काठमाडौं । बोटलर्स नेपाल (तराई) ले आज शुक्रबार वार्षिक साधारण सभा बोलाएका छ । कम्पनीको साधारण सभा होटल र्याडिसन लाजिम्पाट, काठमाडौंमा दिउँसो १२ बजे सुरु हुनेछ । सभामा कम्पनीले ५० प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।

बोटलर्स नेपाल (बालाजु)को साधारण सभा होटल र्याडिसन लाजिम्पाट, काठमाडौंमा साँझ ४ बजे सुरु हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?