कांग्रेस युवा नेता तिवारीलाई वेलायतमा भ्याईनभ्याई

  नेपाली सन्देश डट कम | २४ पुष २०८१, बुधबार ०५:०५

लण्डन । नेपाली कांग्रेसका नेता तथा राजनीतिक विश्लेषक शंकर तिवारीले बेलायत भ्रमणको क्रममा आफ्नो राजनीतिक सक्रियता तीव्र पारेका छन्। गत साता लण्डन आइपुगेका तिवारी नेपाली जनसम्पर्क समितिले आयोजना गरेका दुईवटा कार्यक्रममा सहभागी भए। आगामी साता लण्डनमा पृथ्वी जयन्तिको अवसरमा प्रमुख वक्ताको रूपमा आफ्नो भनाइ राख्ने तयारीमा छन्। यसक्रममा उनले अक्सफोर्ड, क्याम्ब्रिज, स्टटफोर्डब्रीज जस्ता प्रमुख स्थानहरूमा अध्ययन भ्रमण सम्पन्न गरेका छन्, र यसै साता वेलायती संसदको अध्ययन भ्रमणको पनि तयारी गरेका छन्।

यसैबीच, मिडल्याण्डस्थित नेपाली समुदायले राष्ट्रिय मेलमिलाप दिवस मनाएका छन्। नेपाली जनसम्पर्क समिति मिडल्याण्डको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले बीपी कोइरालाले अवलम्बन गरेको राष्ट्रिय एकता दिवसको महत्वमा प्रकाश पारे।

नेपाली जनसम्पर्क समिति मिडल्याण्डको संयोजकत्वमा हेरिटेज इन्डिया रेस्टुरेन्ट, लेस्टरमा आयोजित यस कार्यक्रममा वेलायतस्थित नेपाली समुदायका विभिन्न अगुवा र प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो।

कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्व सल्लाहकार विश्व आर्दश पण्डित, नेपालब्रिटेन डटकमको चर्चित व्यक्तिको उपाधि जितेका नारायण फुयाँल, गोमा पौडेल, गैरआवासीय नेपाली संघ इङ्ल्याण्ड राज्य परिषदका अध्यक्ष सम्भु आर्यल, गुल्मी जिल्ला समाजका सल्लाहकार सुरेश केसी, व्यवसायी शंकर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी बेलायतका सभापति पवन शर्मा लगायतका प्रमुख व्यक्तिहरू सहभागी भएका थिए।

कार्यक्रममा सहभागीहरूले राष्ट्रिय एकता र मेलमिलापको महत्व र नेपाली कांग्रेसको भूमिकाबारे आफ्ना विचारहरू व्यक्त गरे। उनीहरूले एकताबद्ध राष्ट्र निर्माणमा सबैको भूमिका महत्त्वपूर्ण रहेको बताए।

यस अवसरमा पुण्डरी अर्याल, किशोर लामिछाने, शशांक शर्मा, महेश अधिकारी, गोविन्द सापकोटा, राजेशमणी लामिछाने, यम कुमारी कंडेल, शिव तिमिल्सीना, कृष्ण गुरुगं लगायतका प्रमुख व्यक्तिहरू उपस्थित थिए। कार्यक्रममा स्वागत मन्तव्य शरद शाहीले दिए भने कार्यक्रमको सञ्चालन केशव भण्डारीले गरेका थिए।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?