लन्डन परेडमा आकर्षण बन्यो नेपाली कला संस्कृति

  नेपाली सन्देश डट कम | १७ पुष २०८१, बुधबार २२:२७

लन्डन। अंग्रेजी नयाँ वर्षको अवसरमा बुधबार सेन्ट्रल लन्डनमा आयोजित परेडमा नेपाली समुदायले आफ्नो सांस्कृतिक विविधता प्रस्तुत गर्यो। करिब १५० जना नेपाली जातीय पोशाक र गरगहनामा सहभागी भएका थिए। रोयल बरो अफ ग्रीनवीचको आयोजनामा मेयर जीत रानाभाटको नेतृत्वमा नेपाली समुदायले पहिलोपटक परेडमा भाग लियो।

नेपाली परम्परागत नाच र बाजाका साथ सांस्कृतिक झलक प्रस्तुत गर्दै, गुथी र तमुधिं लन्डनका समूहहरूले लन्डनका प्रमुख स्थानहरूमा सांस्कृतिक प्रदर्शन गरे। पानीको बाधा भए पनि सहभागीहरूले उत्साहपूर्वक आफ्नो कला प्रस्तुत गरे। परेडमा ७० भन्दा बढी समूहहरूको सहभागिता थियो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?