आयात बन्दको ४ वर्षपछि नेपालमै सुरु भयो रेडबुल उत्पादन

  नेपाली सन्देश डट कम | १९ मंसिर २०८०, मंगलवार १०:२१

आयात बन्द गरिएको साढे ४ वर्षपछि नेपालमै रेडबुल उत्पादन सुरु भएको छ। २ अर्ब लगानीमा नवलपरासीमा उद्योग स्थापना गरिएको हो। उद्योगमा आजदेखि नै उत्पादन सुरु भएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगको उद्घाटन गरेका हुन्। व्यापारिक घराना खेतान समूहले नेपालमै रेडबुल उत्पादन सुरु गरेको हो। उक्त समूहले थाइल्यान्डको रेडबुल कम्पनीसँग सम्झौता गरी सरस बेभरेज प्रालि नामक उद्योग दर्ता गरेको थियो।

रेडबुलको ट्रेडमार्क प्रयोग गरी नेपालमै उत्पादन गर्न समूहलाई उद्योग विभागले लाइसेन्स दिएको थियो। खेतान समूहको अंशबण्डासँगै यसको उत्पादन राजेन्द्र खेतानका भाइ प्रेमप्रकाश खेतानले गर्नलागेका हुन्।

विदेशी ब्राण्ड नेपालमा उत्पादन गर्दा प्रविधि हस्तान्तरण ऐनअनुसार रोयल्टी वा लाभांश दिनुपर्ने हुन्छ। अहिले खेतान समूहले रोयल्टी बुझाउने निर्णय गरेको छ।
ऐनअनुसार बनेको नियमावलीले रोयल्टी बुझाउँदा ५ प्रतिशत नाफाबापतको १५ प्रतिशत लाभांश दिनुपर्ने व्यवस्था गरेको छ। यसअनुसार ५ प्रतिशत रोयल्टी दिने गरी खेतान समूह अघि बढेको हो।

हाल रेडबुलको आयात गर्न पाइँदैन। डा. युवराज खतिवडा अर्थमन्त्री रहँदा साढे ४ वर्षअघि सबै प्रकारका इनर्जी ड्रिंक्सलाई नेपालमा आयात प्रतिबन्ध गरेका थिए। जसमा रेडबुल पनि परेको थियो।

यसले नेपाली बजारमा निकै लोकप्रिय पेयपदार्थ रेडबुललाई मार परेको थियो। अहिले नेपाली बजारमा रेडबुलजस्तै देखिने इनर्जी ड्रिंक्सहरु बिक्रीवितरण भइरहेका छन्।

खेतान समूहका अनुसार सरस बेभरेजको कार्यालय धादिङको धुनिबेसीमा स्थापना भइसकेको छ। त्यसको प्लान्ट भने नवलपरासीमा छ।
वार्षिक १० हजार किलोलिटर जुस उत्पादन गर्ने लक्ष्य लिएको उद्योगमा २ अर्ब लगानी गरिएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?