राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेट

  नेपाली सन्देश डट कम | १२ मंसिर २०८३, शुक्रबार १६:४६

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सरकारको कामकारबाही, संसद्, अध्यादेश तथा वर्तमान राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

उनीहरूबीचको भेटमा सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेका अध्यक्ष र त्यसलाई राष्ट्रपतिले होल्ड गरेको विषयमा पनि छलफल भएको थियो।

भेटका क्रममा सभापति लामिछानेले देशको हालको राजनीतिक अवस्था तथा पार्टीको धारणाबारे राष्ट्रपतिकलाई अवगत गराएका थिए। मुलुकका जल्दाबल्दा समस्याहरूको समाधान र संवैधानिक दायराको पालना गर्दै राज्यका निकायहरू अघि बढ्नुपर्ने विषयमा उनीहरूबीच कुराकानी भएको बुझिएको छ।

प्रतिक्रिया

Selected poll is not defined.