चार नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ

  नेपाली सन्देश डट कम | १ मंसिर २०८३, सोमबार १८:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयतको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति पौडेलसमक्ष गणतन्त्र भारतका लागि राजदूत डा निश्चलनाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि डा कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेशकुमार कर्णले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित समारोहमा शपथ लिएका हुन्।

उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Selected poll is not defined.