जिल्ला प्रशासन कार्यालय धादिङले राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम जिल्ला प्रशासन कार्यालयको हाताभित्रै भर्न मिल्ने व्यवस्था लागू गरेको छ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयले सुचना जारी गर्दै राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा लिन आउने सेवाग्राहीले बाहिरबाट अनलाइन फाराम भरी आउदा थप रकम तिर्नुपर्ने बाध्यताको अन्त्य गरि सेवाग्राहीलाई छिटोछरितो तथा सुलभ सेवा उपलब्ध गराउन जेठ १५ गतेदेखि कार्यालयको हाताभित्रै भर्न मिल्ने व्यवस्था लागू गरेको जानकारी गराएको छ।बाहिर अनलाइन फाराम भर्दा दुई सय देखि तीन सय सम्म सेवाग्राहीले तिर्नु पर्ने हुन्थ्यो।
प्रतिक्रिया