बेनिघाट राेराङमा समग्र शैक्षिक सुधारका लागि शिक्षकसंग अन्तरक्रिया

  नेपाली सन्देश डट कम | ३० बैशाख २०८०, शनिबार १७:२६

धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकाले आज शनिबार समग्र शैक्षिक सुधारका लागि शिक्षकसंग अन्तरक्रिया कार्यक्रम गरेको छ। गाउँपालिका भित्रको ७८ वटा विद्यालयका ५५० जना शिक्षकहरुलाई वार्षिक परिक्षाको नतिजा समिक्षा तथा समग्र शैक्षिक सुधारका लागि अन्तरक्रिया कार्यक्रम गरेको हो।

गाउँपालिका अध्यक्ष एवम् गाउँ शिक्षा समितिमा अध्यक्ष कृष्णबहादुर थपलिया (बिबेक) काे अध्यक्षतामा सम्पन्न उक्त १ दिने अन्तरक्रिया कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्ल र शिक्षा समितिका सदस्य हेमनाथ थपलियाले प्रशिक्षण मुलक मन्तब्य राखेका थिय।

कार्यक्रममा गाउँपालिका शिक्षा अधिकृत बाेधराज पाठकले गाउँ शिक्षा समितिकाे तर्फबाट पालिकाकाे शैक्षिक सुधारका लागि ९१ बुंदे मार्गचित्र प्रस्ताव गरेका थिए।बिद्यालयकाे बिद्यमान समस्या, समाधानका उपायहरू र प्रस्ताबित मार्गचित्रकाे बारेमा प्रअ र शिक्षकहरूबाट जिज्ञासा र सुझाबहरू संकलन गरिएकाे थियाे।मार्गचित्र र प्राप्त सुझाबहरूलाई समेटेर आगामी शिक्षा समितिकाे बैठकले मार्ग चित्र स्वीकृत गरि लागू गरिने र अन्तरक्रिया कार्यक्रमले गाउँपालिकाकाे समग्र शैक्षिक सुधार हुने अपेक्षा गरिएकाे शिक्षा अधिकृत बाेधराज पाठकले बताउनुभयो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?