नेकपा एस जिल्ला कमिटी सदस्य गाेकर्ण लाल श्रेष्ठ एमालेमै फर्किए

  नेपाली सन्देश डट कम | १३ बैशाख २०८०, बुधबार ०३:२१

नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी धादिङका सदस्य गाेकर्ण लाल श्रेष्ठ नेकपा एमालेमै फर्किएका छन्।मंगलबार धादिङबेशिमा नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रमको समापन र ७५ औ कम्युनिस्ट पार्टी स्थापना दिवशको अवसरमा पार्टीका संस्थापक,सेल्टरदाता,सहिद परिवार र द्वन्द्व पिडितहरूलाई सम्मान कार्यक्रममा श्रेष्ठ पार्टीमा फर्किएका हुन।गाेकर्ण लाल श्रेष्ठ सङ्गै नेकपा एस गजुरी गाउँपालिका ३ नं.वडा कमिटी अध्यक्ष भक्त बहादुर बस्नेत पनि नेकपा एमालेमा फर्किएका छन् ।नेकपा एमालेका उपमहासचिव बिष्णु रिमाल श्रेष्ठलाई खादा माला लगायर पार्टीमा स्वागत गरेका थिय।श्रेष्ठ लाई द्वन्द पिडित अन्तर्गत पार्टीले सम्मान समेत गरेको थियोे।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?