घाटबेशी बगरको उत्खनन् रोकी खेल मैदान बनाउन माग

  नेपाली सन्देश डट कम | १३ बैशाख २०८०, बुधबार ०१:४४

धादिङको गजुरी गाँउपालिका वडा नं. ५ घाटवेशी बगरमा नदीजन्य पदार्थहरुको अवैध उत्खनन् बढेको भन्दै त्यसलाई संरक्षण गर्न माग गरेका छन्।

मंगलवार नेकपा एस पार्टी निकट युवा संघ धादिङले गजुरी गाँउपालिका कार्यलयमा घाटवेशी बगरमा स्थानिय तह र प्रशासनसंगको मिलेमतोमा अवैध रुपमा नदीजन्य पदार्थहरुको उत्खनन् बढेको भन्दै त्यस्ता कार्य रोक्न माग गर्दै ज्ञापनपत्र पेश गरेको हो। गाँउपालिका कार्यलयमा प्रमुख प्रशासकिय अधिकृत र उपाध्यक्ष सर्मिला विसुराललाई ज्ञापन पत्र बुझाँउदै युवा संघ धादिङका सहसचिव सन्दीप बस्नेतले यथासिघ्र उक्त कार्य रोक्न आग्रह गरे ।

त्यस्तै बस्नेतले उक्त बगरमा हुनेगरेको उत्खनन् तत्काल रोकी त्यस स्थानमा खेलमैदान निर्माण गर्नपनि प्रमुख प्रशासकिय अधिकृत सामु आग्रह गरेका छन् ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?