धादिङ ।
नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको अध्यक्षमा धादिङकाे गजुरी गाउँ पालिका वडा नम्बर ५ पिडा निवासी राजेन्द्र भण्डारी निर्वाचित हुनुभएकाे छ । भण्डारी ४२ मतले प्रतिपर्धीलाई पछि पार्दै संघको अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे । नेकपा एमाले निकट प्रगतिशील बैदेशिक रोजगार मञ्चका तर्फबाट उम्मेदवार बनेका भण्डारीले १ सय ९९ मत पाउनुभएकाे थियाे । नेपाली कांग्रेसका बागी उम्मेदवार भुवनसिंह गुरुङले १ सय ५७ मत पाएपाउनुभएकाे थियाे । नेपाली कांग्रेसका आधिकारीक उम्मेदवार कुमुद खनालले १ सय ३१ र माओवादी र एकीकृत समाजवादीको समर्थनमा अध्यक्षका उम्मेदवार बनेका इश्वर जिसीले १ सय २८ मत मात्रै प्राप्त गर्नुभएकाे थियाे ।
नेपाल बैदेशिक रोजगार ब्यवसायी संघकाे प्रथम उपाध्यक्षमा डिगबहादुर खत्री (कुमार), द्धितीय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोसन कटुवाल निर्वाचित हुनुभएकाे छ । यस्तै महासचिवमा मेघनाथ भुर्तेल, कोषाध्यक्षमा सरिता घले , सचिवमा कर्णराज कटुवाल निर्वाचित हुनुभएकाे छ । सदस्यहरुमा राजेन्द्र बस्नेत, बिक्रम श्रेष्ठ, देविमाया थापा, बैंकुण्ठ प्रसाद पौड्याल बैभव, कैलाश पाठक, देउमान नेम्वाङ, आनन्द कोइराला, नारायण भुसाल, तोरणकुमार कार्की र चन्द्रबहादुर लिम्बु निर्वाचित हुनुभएकाे छ ।
—
प्रतिक्रिया