धादिङ ।
ग्लाेबल आईएमई बैक र नीलकण्ठ नगरपालिका बीच व्याज अनुदान तथा सहुलियत ऋण प्रवाह सम्बन्धी सम्झौता भएको छ ।
नीलकण्ठ नगरपालिकाका प्रमुख विकास उद्यमशीलता कार्यक्रम ग्लाेबल आईएमई बैंकमार्फत कार्यान्वयन गर्ने गरी व्याज अनुदान तथा सहुलियत ऋण प्रवाह सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हाे ।
धादिङबेशीमा आयोजित एक समारोहमा नीलकण्ठ नगरपालिकाको तर्फबाट प्रमुख भीमप्रसाद ढुङ्गाना र ग्लाेबल आईएमई बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मीले सम्झौतामा हस्ताक्षर गर्नुभयाे । सम्झौता अनुसार चालू आर्थिक वर्षमा नीलकण्ठ नगरपालिकाका उद्यमशिलता विकास तालिम लिएका २८० उद्यमीले प्रत्यक्ष लाभ लिने छन् ।
सम्झौता लागू भएसँगै उद्यामीले नगरपालिकाको सिफारिसमा ग्लाेबल आईएमई बैंकबाट सहुलियत व्यजमा
कर्जा प्राप्त गर्नेछन् । उक्त कर्जामा उद्यमीले व्याजमा अनुदान पाउने छन् ।
सम्झौता बमोजिम महिलाले ६ प्रतिशत र पुरुषले ५ प्रतिशत व्याज अनुदान प्राप्त गर्नेछन् । २ लाखसम्मकाे ऋण परियाेजना धिताे राखेर उपलब्ध गराईने व्यवस्था मिलाईएकाे छ भने यसभन्दा बढी १५ लाखसम्मकाे ऋण लिन धिताे राख्नुपर्ने छ
कृषि र पशुपंक्षी उद्याेग तथा व्यवसायका लागि दिईने अनुदान रकमकाे कुनैपनि किस्ता राेकियमा अनुदान कटाैती हुने सम्झाैतामा उल्लेख छ ।
गत २ वर्षअघि नेपालबैकसंग कर्जा सहुलियत अनुदान का लागि सम्झाैता भएकाे थियाे तर काम नभएपछि अहिले ग्लाेबल आईएमई बैंकसंग सम्झाैता गरेकाे हाे ।
नगरपालिकाले बैकसंग सम्झाैता गर्दा उद्यमशिलता विकास कार्यक्रम काे ७ चरण भएपनि सीप तालिम र परियाेजना छनाैट नभई गरियले यसलाई सुधार गर्नुपर्ने अवस्था रहेकाे यश विषयमा लामाे समयदेखि काम गर्दै अाएका वडाअध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयाे ।
—
प्रतिक्रिया