खानेतेल बोकेको ट्रक जरेखेतमा दुर्घटना

  नेपाली सन्देश डट कम | १२ भाद्र २०७९, आईतवार ०८:२८

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६, जरेखेतमा दुर्घटना भएको छ । ना ५ ख ५९५५ ट्रक आइतबार बिहान सडकबाट करिब दुई सय मिटर तल त्रिशुली नदी किनारमा पुगेको हो ।

बिराटनगरबाट खानेतेल बोकेर काठमाडौं आउदै गरेको ट्रक अचनक आगलागी भइ सडकबाट त्रिशुली नदी किनारमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी भावेश रिमालले बताए । ट्रकको अगाडि पट्टि भागमा आगो लागेको छ ।

इलाका प्रहरी कार्यालय गजुरीका डिएसपीसहितको जनपथ प्रहरीको टोली र आदमघाटस्थित शशस्त्र प्रहरीले ट्रकमा लागेको आगो नियन्त्रणमा लिएको थियो । प्रहरी र स्थानीयले समयमै उद्दार गर्न सकिएकोले दुर्घटनास्थलमा मानवीय क्षति हुनबाट जोगिएको डिएसपी रिमालले बताए ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?