कालिकोट
सुधारात्मक कक्षा संचालनका लागि नरहरीनाथ गाँउपालिकाका १० विद्यालय २० शिक्षकहरुको सहभागितामा २ दिने तालिम नरहरीनाथ गाँउपालिकाको कुमालगाउँमा समापन भएको छ ।
विद्यालयको सिकाईमा पछाडी रहेका बाल बालिकाका लागि लक्षित गरि विद्यालयमा पुग्न नसकेका, विद्यालय अनियमित रहेका र विद्यालय पुगेका तर सिकाईमा कमजोर रहेका बालबालिका लागि सिकाई सुधारात्मक तालिम आयोजना गरिएको कुरा वालबाविवाह न्युनीकरण परियोजना संयोजक दलसिंह कुमालले बताउनु भयो ।
“हामीले विगत लामो समयदेखी शिक्षण पेशा आबद्घ भएको थियौं, पढाउथ्यौँ, आउथ्यौँ तर सिकाई कति भयो भन्ने कुराको मुल्याङ्कन परीक्षामा पर्खन्थ्यौँ र त्यही आधारमा म कस्तो शिक्षक थाहा हुन्थ्यो तर यो २ दिन बसाईले हामीलाई प्रत्येक मुल्याङ्कन गर्न जरुरी छ, र बालबालिकाका लागि एक शिक्षक जीवनको सबै भन्दा उदाहरणीय, प्रेरणा सबै रहेछ त्यसका लागि हामी शिक्षक अध्ययनशील, मेहनती र सिकाई सिप विधिहरुको जानकारी हुनु पर्दोरहेछ भन्ने अनुभुती भएको छ“ सहभागि शिक्षक अमर बि.कले बताउनु भयो । सुधारात्मक कक्षा संचालन गर्ने पर्ने वातारण निर्माण गर्न कसरी र कस्ले कर्यो भन्ने कुराको गहण विचार गर्नु पर्ने सहभागि लक्ष्मी कोइरालाले बताउनु भयो ।
शिक्षणका लागि अध्ययन सबै भन्दा महत्वपूर्ण कुरा रहेछ हामी पाठ्यक्रम भन्दा बाहिर अध्ययन विषय त सोचेका पनि थिएनौ तर यो बसाई हामीलाई अध्ययनका पनि प्रेरित गरेको छ त्यसैले हामीलाई आयोजक संस्थाले प्रदान यातायात खचलाई बचत गरि रु दश हजार पाँच सय जम्मा गरि शिक्षक अध्ययन लाईबेरी संचालन गर्न लागेको कुरा सहभागि दिनेश विष्टले बताउनु भयो।
शिक्षक क्षमता अभिवृद्धि तालिम प्रश्चात ३ महिना सम्म तालिम प्राप्त शिक्षकबाट विद्यालयमा कक्षा ६, ७ र ८ मा अध्ययन गर्ने बालबालिकालाई सुधारात्मक कक्षा संचालन गर्ने कुरा बाल संरक्षण परियोजना संयोजक ध्रुवनाथ योगीले बताउनु भयो । तालिम सादा नेपालको आयोजना र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संचालन भएको थियो । तालिमको सहजीकरण निरज न्यौपानेले गर्नुभएको थियो ।
प्रतिक्रिया