एमालेमा उत्साहजनक जनलहर आएको छ:केन्द्रीय सदस्य खेम लोहनी

  नेपाली सन्देश डट कम | १० बैशाख २०७९, शनिबार १२:२२

नेकपा एमालेले स्थानीय तहमा उठाएका उम्मेदवारले उत्साहजनक मत प्राप्त गर्ने गरि जनलहर आएको नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनीले बताउनुभयो।
नेकपा एमाले प्रचार विभाग धादिङले स्थापना गरेको प्रचार डेस्कको उद्घाटन इ-बुलेटिन शुभारम्भ गर्दै एमाले प्रतिको जनलहरले गर्दा एमालेलाई कसैले पनि हराउन नसक्ने बताउनुभएको हो ।
जनताले नजिकबाट सरकारको महसुस गर्न सकिने सरकार स्थानीय तहको सरकार भएकोले जनभावनाको कदर गर्दै यसअघि गरिएका कामलाई हेरेर एमालेलाई जनताले भोट दिने बताउनुभएको छ ।
संघीयसाम्सद समेत रहनुभएका एमाले केन्द्रीय सदस्य लोहनीले भविश्य बनाउने, राष्ट्र निर्माण गर्न सक्ने एमालेका उम्मेदवार जिताउनुपर्नेमा जोड दिनुभयो ।
चुनावबाट भाग्दै गरेको गठबन्धनलाई चुनावमा जान एमालेले बाध्य पारेको बताउँदै लोहनीले निर्वाचनमा जनतालाई उत्साहित बनाउन सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?