राजकुमार चेपाङको पहलमा गजुरी-६ का ११६ परिवारलाई ब्याल्याङ्केट बितरण

  नेपाली सन्देश डट कम | १५ माघ २०७८, शनिबार ०२:५९

अन्तर्राष्ट्रिय सहयोग सञ्जाल नेपालको सहयोगमा ११६ परिवारलाई ब्याल्याङ्केट बितरण गरिएको छ।गजुरी गाउँपालिका वडा नं.६ बगौति निवासी बगौति चेपाङ उत्थान समाजका उपाध्यक्ष राजकुमार चेपाङको पहलमा ब्याल्याङ्केट बितरण गरिएको हो।धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं.६ बगौति ठुलोचौरमा चेपाङ लक्षित अति बिपन्न परिवारलाई एकघर एक ब्यल्याङ्केट वितरण गरेको राजकुमार चेपाङले बताए।शुक्रबार एक कार्यक्रमको बीच बगौति,भस्मेखोला,राम्चे,जरे,स्याङ्मैडाडा,गेदे भदौरे समुदायका अति बिपन्न परिवारलाई सहयोग गरेको हो।

अन्तर्राष्ट्रिय सहयोग सञ्जाल नेपालले शिक्षा,स्वास्थ्य र खानेपानीको क्षेत्रमा काम गर्दै आईरहेको संस्थाका डिल्लीराम बस्नेतले बताए ।यश संस्थाको कार्यालय ललितपुर भैसेपाटिमा रहेको छ।यस्तो काेभिडको समयमा पनि सहयोग गरेको भन्दै बगौति चेपाङ उत्थान समुहले अन्तर्राष्ट्रिय सहयोग सञ्जाल नेपाललाई सम्मान पनि गरेको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?