श्री सद्भाव गरिबी निवारण सहकारी संस्था गजुरीको अध्यक्षमा अरुण पराजुली निर्वाचित

  नेपाली सन्देश डट कम | २८ पुष २०७८, बुधबार १४:३९

श्री सद्भाव गरिबी निवारण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गजुरीको अध्यक्षमा अरुण पराजुली निर्वाचित भएका छन्।सहकारीको आठौ साधारणसभाले अरुण पराजुलीलाई अध्यक्षमा निर्वाचित गरेको हो।

पराजुलीको नेतृत्वमा उपाध्यक्ष कृष्ण कुमारी अधिकारी ,सचीव कृष्ण बहादुर चेपाङ,काेषाध्यक्ष लक्ष्य बहादुर बस्नेत सहित ११ सदस्यीय कार्यसमिति निमार्ण गरिएको छ।सदस्यहरुमा सबिना बिक,सेर बहादुर तामाङ,बिन्दा राेक्का,अमृत बहादुर मगर ,हरिशरण पाठक,बिष्णुमणि पाठक,गिता बरुवाल रहेका छन्।सहकारीमा ७०० सय भन्दा बढि सेयर सदस्यहरु छन्। सहकारीले गरिबी निवारणको क्षेत्रमा काम गर्दै आईरहेको छ।बुधबार अध्यक्षमा निर्वाचित भए सङ्गै पराजुलीले सहकारीलाई नयाँ ढङ्गबाट अघि बढाउदै,सहकारी र गरिबी निवारण क्षेत्रमा फराकिलो ढङ्गबाट काम गर्ने बताउनुभयो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?