एकता हुन्छ भने अध्यक्ष छोड्न तयार छु, दुई वटा एनसीसी बनाउँदिनँ, : महेश श्रेष्ठ (भिडियो)

  नेपाली सन्देश डट कम | ५ जेष्ठ २०८२, सोमबार १७:३२

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ‘एकता महाधिवेशन’ बाट अध्यक्षमा चयन भएका महेश कुमार श्रेष्ठले राष्ट्रिय समितिहरूमा समानान्तर संरचना नबनाइने स्पष्ट अभिव्यक्ति दिएका छन्। सगरमाथा टिभीसँगको एक अन्तर्वार्तामा उनले राष्ट्रिय स्तरसम्म विभाजन गए संस्थागत एकता अझ जटिल हुने भन्दै सबै राष्ट्रिय समन्वय समितिहरू (एनसीसी) लाई आगामी जुलाई भित्र आ–आफ्नो अधिवेशन सम्पन्न गर्न आग्रह गरेका छन्।

श्रेष्ठले संस्थाभित्र व्यापक एकता सम्भव भए सबैको अस्तित्व स्वीकार गरेर अघि बढ्न तयार रहेको र ११ औँ महाधिवेशनका निर्णयहरूलाई पनि मान्न सकिने बताए। “एकता पहिलो प्राथमिकता हो,” उनले भने, “जस्तोसुकै त्याग गर्न तयार छु।” बृहत एकता कायम भए अध्यक्ष पद गौण हुने उल्लेख गर्दै, आवश्यक परे उक्त पद त्याग्न समेत आफू तैयार रहेको श्रेष्ठले स्पष्ट पारे।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?