आदमघाट मिलनटार पर्खाले मजुवा थुम्कि चौतारा सडक २५ सय मिटर भयो पिच

  नेपाली सन्देश डट कम | २१ मंसिर २०७८, मंगलवार ११:५५

धादिङको गजुरी गाउँपालिका वडा नं.६ आदमघाट मिलनटार पर्खाले मजुवा थुम्कि चौतारा सडक २५ सय मिटर पिच भएको छ।संघिय सरकारको १३ करोड बजेटमा जय बाबा एण्ड हिरा नमिता काष्ठमण्डपले ८ करोड ८४ लाख कबुलमा ठेक्का मार्फत काम गरेको हो।आदमघाट किराञ्चोक हुदै मकवानपुर जाेड्ने यस सडकको लम्बाई जम्मा २८ किलोमीटर रहेको छ।

गजुरी गाउँपालिकाले उक्त सडकको नाम स्वर्गीय राम बहादुर पण्डित मार्गले नामाकरण गरेको छ।२०७३ सालमा सम्झौता भएर केही मात्रामा काम भएर काम रोकिएको थियोे।स्थानीय सरकार र स्थानीयको लगातार ताकेताले ठेकेदारले काम सुरु गरेर २५ सय मिटर पिच गरेको हो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?