काठमाडौं । आज एकैदिन सुनको भाउ प्रतितोला ३ हजार ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधवार भने प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
उता, चाँदीको भाउ पनि बिहिबार तोलामा नै ३५ रुपैयाँ घटेको जनाइएकाे छ । बुधवार प्रति तोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया