पराजित भएपछि कमल थापाले लेखे- राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो

  नेपाली सन्देश डट कम | १९ मंसिर २०७८, आईतवार ०२:०२

मङ्सिर १९काठमाडौं
राप्रपाको अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आरोपित गरेका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कारआज पाएको र‘निर्मल निवासको नांगो हस्तक्षेपको भत्सर्ना’ गरेका छन्।

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना,’ थापाले लेखेका छन्, ‘प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।

उनले आफूले राहत र उन्मुक्ति पाएको बताएका छन्। ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो। सो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना!

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?