काठमाडौं । शिक्षा, बिज्ञान तथा प्रवृधि मन्त्री रघुजी पन्तले शिक्षक महासंघले तय गरेको बार्ता टोलीसँग सम्बाद गर्न तयार रहेको जनाएका छन् । शिक्षक महासंघ र सरकार बिच हुने भनिएको बार्ता अन्तिम समयमा भाडिए पछि मन्त्री पन्तले पुनः बार्तामा बस्न आफुहरू तयार रहेको जनाएका हुन् ।
‘शिक्षक महासंघले आधिकारिक बार्ता टोली गठन गरेर पठाओस्, सरकार उनीहरूसँग बार्ता गर्न तयार छ,’ मन्त्री पन्तले भने ।
तर, शिक्षक महासंघले भने आज मन्त्रालयले ‘गेट पास’का लागि पठाएको नामावली आधिकारिक नभएको भन्दै सिंहदरबार प्रवेशद्दारवाट फर्किएको थियो । जसका कारण आज हुने भनिएको बार्ता हुन सकेको थिएन ।
प्रतिक्रिया