सुन चाँदी दुबैको घटयो मुल्य

  नेपाली सन्देश डट कम | २ बैशाख २०८२, मंगलवार ११:४२

काठमाडौं ।  निरन्तर उकालो लागिरहेको सुनचाँदीको मूल्यमा आज भने घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १७ सय रुपैयाँले घटेर आज तोलाको १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

 आइतबार प्रतितोला सुन १ लाख ८६ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। जो हालसम्मकै उच्च मूल्य थियो ।
आज सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। प्रतितोला चाँदी १९ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?