देउवा पक्षका भिमप्रसाद ढुंगाना द्वारा प्यानल सहित उम्मेदवारको घाेषणा

  नेपाली सन्देश डट कम | ३ मंसिर २०७८, शुक्रबार १३:३४

धादिङ मंसिर ३
नेपाली कांग्रेस धादिङको सभापतिमा निलकण्ठ नगरपालिका मेयर भिमप्रसाद ढुंगानाले आफ्नो प्यानलसहित मुख्य पदका उम्मेदवारको टुंगो लगाएका छन् ।शुक्रबार  एक समारोह नै गरेर ढुंगानाको प्यानलले प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रका सभापति पदमा उम्मेदवारको पनि नाम सार्वजनिक गरेका हुन्।

आशन्न १४औं जिल्ला अधिवेशनमा लागि प्रतिनिधि सभा क्षेत्र नं. १ को सभापतिमा रविसुदन थापा र प्रतिनिधि सभा क्षेत्र नं. २ मा दिपक कोइरालाको नाम टुंगो लगाएको छ ।प्रतिनिधि सभा १ को प्रदेश सभा ‘क’ मा श्याम रेग्मी र ‘ख’मा रामहरि कंडेलले उम्मेदवारी दिने भएका छन् । त्यस्तै प्रतिनिधि सभा २ को प्रदेश सभा ‘क’ मा ऋषि कुमार श्रेष्ठ र ‘ख’ मा रणबहादुर तामाङले सभापतिमा उम्मेदवारी दिने भएका छन् ।

धादिङमा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका भीमप्रसाद ढुंगाना र रामचन्द्र पौडेल पक्षका रामनाथ अधिकारी मुख्यगरी दुई धारमा छन् । बुधबार पौडेल पक्षका अधिकारीले जिल्ला सभापतिसहित प्रतिनिधिसभा र प्रदेशसभा सभापतिको उम्मेदवारको नाम सार्वजनिक गरेपछि देउवा पक्षका ढुंगानाले पनि प्यानलसहित उम्मेदवारको घोषणा गरे सङ्गै काङ्ग्रेस धादिङको अधिबेशनले रौनक मोड लिएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?