गजुरी/धादिङ
धादिङको गजुरी गाउँपालिकामा ४० वटा समूहमा रहेका किसानहरुलाई आलुको बीउ बितरण गरिएको छ । Global Agricultural And Food Security Program (GAFSP) को आर्थिक सहयोग खाध तथा कृषि संगठन (FAO) को प्राबिधिक सहयोगमा नेपाल सरकार कृषी तथा पशुपंक्षी मन्त्रालय मार्फत संचालित खाध तथा पोषण सुरक्षा सुधार आयोजना (FANSEF) अन्तरगत गाउँपालिकामा रहेका बिपन्न बर्ग तथा किसानहरुको जीबनस्तर उकास्ने अभिप्रायले बीउ बितरण गरिएको हो ।
गाउँपालिकाको ४० वटा समूहमा आबद्ध ८ वटै वडाका १००० किसानहरुलाई यस कार्यक्रम अन्तरगत १० हजार केजी आलुको बीउ बितरण गरिएको हो । यसमा नेपाल सरकारको ८५% अनुदान रहेको छ भने किसानहरुले १५% मात्र लगानी रहेको छ । यस आयोजनाले बिगत २ बर्ष देखि गाउंपालिकामा रहेका बिपन्न, भुकम्प पीडित तथा निम्न आय भएका किसानहरुको जिबनस्तर सुधार गर्ने अपेक्षा सहित यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ । कृषिमा उत्पादकत्व बृद्धि गर्ने तथा खाध तथा पोषणमा सुधार गर्ने लक्ष्य सहित यो कार्यक्रम आयोजना गरिएको आयोजना सहजकर्ता शर्मिला नेपालले बताउनु भयो । यो कार्यक्रम लागु भए पश्चात किसानहरुको आयआर्जन बृद्धी हुनुको साथै बांझो रहेको जमीनमा समेत किसानहरु उत्साहित भई खेति गर्न थालेको वडा नं ४ का किसान सन्तोष चेपाङले बताउनु भयो ।
यो कार्यक्रम लागु भए पश्चात एकातर्फ किसानहरुको आयआर्जन बृद्धी हुनुको साथै उनीहरुको जिबिकोपार्जनमा समेत सुधार भएको छ भने अर्को तर्फ किसानहरुले उत्पादन गरेको आलु लगायतका बिभिन्न तरकारीहरु देशको राजधानी काठमाण्डौ तथा पोखरा लगायतका शहरहरुमा ठूलो मात्रामा निर्यात समेत हुने गरेको कारण जनतालाई कृषिमा आत्मनिर्भर गराउने नेपाल सरकारको योजना परिपुर्तिमा समेत टेवा पुगेको छ।
प्रतिक्रिया