बेलायतमा नेपालीले खोले ‘कोभेन्ट्री लायन्स क्लब ‘

  नेपाली सन्देश डट कम | ३ चैत्र २०८१, आईतवार २२:१६

लण्डन । कोभेन्ट्रीमा नेपाली समुदायको एकता र पहिचानलाई मजबुत बनाउन कोभेन्ट्री नेपाली लायन्स क्लब को स्थापना भएको छ। नवगठित क्लबको अध्यक्षमा समाजसेवी गोबिन्द सापकोटा चयन भएका छन्।

आइतवार कोभेन्ट्रीमा भएको भेलाद्वारा गठित समितिमा २० जना सदस्य रहेका छन्। क्लबका सचिव रमेश खनाल र कोषाध्यक्ष सुरज पन्तले क्लबको संचालन गरिरहेका छन्। क्लबले स्वास्थ्य, शिक्षा, व्यवसाय, र सामाजिक सेवाका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको नवनिर्वाचित सचिव खनालले जानकारी दिए।

कार्यक्रमको प्रमुख अतिथि, लायन्स युके डिस्ट्रिक्ट गभर्नर लायन स्टू यङ्ग ले नयाँ क्लबलाई औपचारिक रूपमा स्वागत गर्दै क्लबलाई आधिकारिक प्रमाणपत्र प्रदान गरे।

उनले नेपालमा लायन्स क्लबले गरिरहेको उल्लेखनीय कार्यको प्रशंसा गरे। नेपालमा लायन्स क्लबको सदस्यता उल्लेखनीय रूपमा वृद्धि भएर विश्वका शीर्ष स्थानमा पुगेको जानकारी दिँदै नेपाली समुदायको सेवाको प्रशंसा गरे।

विशेष अतिथि, पूर्व एनआरएनए अध्यक्ष कुल आचार्यले लायन्स क्लबको नेपालमा गरिरहेको पुण्य कार्यको चर्चा गरे। उनले नेपालीहरूलाई आफ्नै मातृभूमीलाई माया गर्न नछोड्न र सधैं नेपालसँग जोडिएर रहनुपर्ने बताए।

कार्यक्रममा युकेको विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको व्यापक उपस्थिति थियो। कार्यक्रममा गल्कोट समाज यूकेका अध्यक्ष चन्द्र सहनी, काभ्रे समाजका नारायण फुयाल, कोभेन्ट्री नेपाली समाजका प्रकाश आचार्य र व्यवसायी वरुण भण्डारी, दीपक पौडेल लगायतलेशुभकामना मन्तव्य दिए।

क्लबका अध्यक्ष गोबिन्द सापकोटाले सबैको सहयोग र साथको अपेक्षा गर्दै जिम्मेवारी सुम्पिएकोमा धन्यवाद व्यक्त गरे। उनले अब अन्तर्राष्ट्रिय स्तरमा पनि सेवा गर्ने अवसर मिलेको बताए।

कोभेन्ट्री, युकेको नेपाली समुदायमा दोस्रो क्लब हो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?