काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव गौरीराज जोशीले संस्थाभित्र विचौलिया हावी भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। जोशीले आफ्नो फेसबुक टाइमलाइन मार्फत संघको नाममा भैरहेका गतिविधिप्रति लक्षित गर्दै विचौलिया, अवसरवादी, ईगोष्टिक र प्रतिसोधीबाहेक अरू केहि पनि देखिँदैन भनेका छन्।
गैरआवासीय नेपाली संघको विवादमा सर्वोच्च अदालतले दिएका दुई फैसलामध्ये पहिलो फैसलालाई बोकेर संघका पूर्वअध्यक्ष शेष घले अघि बढेपछि उनको चौतर्फी आलोचना भएको छ भने संस्था विभाजन उन्मुख रहेको छ।
जोशीले घले समूहका गतिविधिमा संलग्न व्यक्तिहरूप्रति लक्षित गरेको अनुमान गरिएको छ। उनले लेखेका छन्:
“गैरआवासीय नेपाली संघ (एनआरएनए) को नाममा अहिले मैले विचौलिया, अवसरवादी, ईगोष्टिक र प्रतिसोधीबाहेक अरू केहि पनि देखिँदैन। श्री पशुपतिनाथले एनआरएनए अभियान र विदेशमा पसिना बगाएर मातृभूमिको समृद्धिको सपना देखिरहेका हामी सबै गैरआवासीय नेपालीको रक्षा गरून्।”
प्रतिक्रिया