देउराली फाउण्डेशनद्धारा जेहेन्दार छात्राहरूलाई शैक्षिक सामग्री वितरण (फोटो फिचर)

  नेपाली सन्देश डट कम | २४ फाल्गुन २०८१, शनिबार १९:३४

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घसँगको सहकार्यमा देउराली फाउण्डेशनले आफ्नो मातृभूमि सेवा यात्राको १३ औँ शृङ्खला सम्पन्न गरेको छ । जस अनुसार फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको शुभ अवसरमा फाउन्डेसनले गरिब तथा जेहेन्दार छात्राहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो ।


फाउन्डेसनको केन्द्रीय कार्यालय पुल्चोक ललितपुरमामा आयोजित कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार छात्राहरूलाई कापी कलम लगायतका स्टेस्नरी सामग्री वितरण गरिएको थियो ।

११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रम गैरआवासीय नेपाली सङ्घ सँगको सहकार्य स्थानीय संस्था देउराली फाउन्डेसन सँगको सहयोगमा गरिएको हो । देउराली फाउन्डेसनका अध्यक्ष भीम घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा माननीय विनोद पहाडी, विद्यालयका प्रधानाध्यापक परशुराम बरालले आ आफ्नो मन्तव्य राखेका थिए ।

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११ औँ महाधिवेशनबाट निर्वाचित कमिटीका अध्यक्ष डा.बद्रि केसीको बिशेष पहलमा मातृभूमि सेवा यात्राको १३ औँ शृङ्खला सम्पन्न भएको हो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?