काठमाडौ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न नर्भिक हस्पिटल पुगेका छन् ।दमको समस्या देखिएपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत वैद्यलाई अस्पतालमै भेटेर प्रचण्डले स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।माओवादी आन्दोलनमा लामो समय सहकार्य गरेका प्रचण्ड र वैद्य २०६८ साल यता अलग–अलग पार्टीमा सक्रिय छन् ।
प्रतिक्रिया