ताल्तिमा रहेको हुवासिन सिमेन्ट उद्योगलाई विद्युत् आपूर्ति गर्ने स्विचिङ स्टेशन सञ्चालनमा

  नेपाली सन्देश डट कम | १ कार्तिक २०७८, सोमबार ०७:३९

धादिङ

धादिङको बेनिघाट रोराङ गाउँपालिका ताल्तिमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत् आपूर्ति गर्ने स्विचिङ स्टेशन सञ्चालनमा आएको छ । मस्र्याङ्दी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण गरिएको स्विचिङ स्टेशनलाई गएको शुक्रवार चार्ज गरी सञ्चालनमा ल्याइएको हो ।

तनहुँमा रहेको तल्लो मर्स्याङ्दी विद्युत् गृहबाट आएको प्रसारण लाइन स्विचिङ स्टेशनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । प्रसारण लाइनलाई स्विचिङ स्टेशनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत् आपूर्ति दिइने छ । हुवासिन सिमेन्टले २० मेगावाट विद्युत् लिने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दशैँको बेलामा विद्युतको माग कम हुने मौका पारेर स्विचिङ स्टेशनलाई चार्ज गर्न अनुमति दिइएको हो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?