स्ववियु निर्वाचनमा केन्द्रीत हुन तरुण दल अध्यक्ष गुरुङको निर्देशन

  नेपाली सन्देश डट कम | २१ फाल्गुन २०८१, बुधबार ०२:२९

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चैत ५ गतेकाे निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवारलाई निर्वाचित गराउन विशेष भूमिका खेल्न तरुणहरूलाई निर्देशन दिएका छन् ।

मंगलबार अध्यक्ष गुरुङले जिल्ला कार्यसमितिहरू, केन्द्रीय सदस्यहरू र तरुणहरूलाई परिपत्रसहित स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन निर्देशन दिएका हुन् ।

तरण दल जिल्ला कार्यसमितिहरूलाई नेविसंघकाे प्रचार प्रसारमा खटिएको जानकारी केन्द्रीय कार्यालयलाई गराउन गुरुङले परिपत्रमा भनेका छन् ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?