एटलेटिकोमाथि रियल म्याड्रिड विजयी

  नेपाली सन्देश डट कम | २१ फाल्गुन २०८१, बुधबार ०२:०१

काठमाडौँ । युइएफएच्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जित मा रोड्रीगो र ब्राहिम डियाजले एक एक गोल गरेका थिए भने एटलेटिको म्याड्रिडको लागि एक गोल जुलियन अल्भारेजले गरेका थिए ।

यो जितपछि आफ्नो घरेलु मैदानमा सम्पन्न राउण्ड १६ को पहिलो लिगमा रियल म्याड्रिडले झिनो अग्रता हासिल गरेको छ । अब दोस्रो लिग एटलेटिको म्याड्रिडको मैदानमा मार्च १३ मा हुने छ ।
  

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?