धादिङ
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भोली धादिङबेसी आउने कार्यक्रम रहेको छ। नेपाली कांग्रेस धादिङका पूर्वसभापति एवम् पूर्व सांसद रामनाथ अधिकारीका आमाको निधन भएकोले श्रद्धाञ्जली अर्पण गर्न पौडेल धादिङबेसी आउन लागेका हुन् । धादिङ काङ्ग्रेस नेता रामनाथ अधिकारीको आमा टिकादेवी अधिकारीको ८२ वर्षको उमेरमा २०७८ असोज २८ गते दु:खद निधन भएको थियो । पौडेल भोली रामनाथ अधिकारी र आफन्तजनमा समवेदना प्रकट तथा मृतक प्रति श्रद्धाञ्जली दिन नीलकण्ठ नगरपालिका वडा न. ७, तल्लोवेसी जाने नेपाली काङ्ग्रेस धादिङले जनाएको छ।
प्रतिक्रिया