धादिङका एमाले सांसद भूमि त्रिपाठीको फेक आईडि बनाई रकम माग

  नेपाली सन्देश डट कम | २२ आश्विन २०७८, शुक्रबार ०१:४५

काठमाडौ
धादिङका एमाले सांसद भूमि त्रिपाठीको फेक आईडि बनाई रकम माग गरेको खुलासा भएको छ।
धादिङ प्रतिनिधि सभा क्षेत्र नं.१ नेकपा एमालेका सांसद भूमि त्रिपाठीको फेसबुक दुरुपयोग गरेर रकम मागेको पाइएको छ ।
त्रिपाठिको प्रोफाईल, कभर दुरुस्त अर्को फेक अकाउण्ट बनाएर म्यासेन्जर च्याटबाट रकम माग गरेको पाईएको हो ।कसैलाई अस्पतालमा छु ।अचानक अप्रेशन परेको र आफ्नो अकाउण्ट लिमिट क्रश गरेको भन्दै च्याटमा रकम मागेको छ। यस्तो जानकारी आएपछि सांसद त्रिपाठी र उहाँका शुभेच्छुकहरुले स्टाटस नै लेखेर सचेत गराउनुभएको छ ।
यस्तो छ स्टाटस:
सावधान ! भर्खरै मेरो नाममा सेम प्रोफाइल र कभर फोटो राखेर फेसबुकमा फेक आइडी बनाएर फ्रेन्ड रिक्वेस्ट गर्दै फेसबुक साथी बनाउँदै अर्जेन्ट अपरेसनको लागि भन्दै रकम माग गरेर मेसेन्जर गरेको प्रमाण फेला परेकोले उक्त आइडीबाट आउने स्विकार नगर्नु हुन र कुनै रकम नदिनुहुन अनुरोध छ । यस किसिमको हर्कत गर्नेको पहिचान गरी कानुनी कार्वाहिका निम्ति प्रक्रिया अगाडी बढाइएकोले सबैमा सावधानीका लागि अनुरोध छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?