गजुरी/धादिङ
धादिङको गजुरी गाउँपालिका वडा नं.५ ढाेडेनिमा असोज(२१-२६)गतेसम्म फुटबल प्रतियोगिता हुने भएको छ।हिन्दु नेपालीहरुलो महान पर्व विजय दशमीको अवसरमा ढाेडेनि युवा समाजको आयोजना तथा वडा नं.५ समन्वयमा उक्त प्रतियोगिता हुन लागेको हो।गाउँ,टाेल बस्तीमा लुकेर रहेको युवा प्रतिभाको उजागर गर्दै गजुरी गाउँपालिका स्तरीय खेलाडी छनौट फुटबल प्रतियोगिता गर्न लागेको युवा समाजका अध्यक्ष प्रकाश थापा मगरले जानकारी दिनुभयो।प्रतियोगितामा नौ टिमले नाम दर्ता गराएका छन् ।गजुरी गाउँपालिका भित्रका मात्र टिम सहभागी हुन पाउने प्रावधान राखिएको आयोजकले जनाएको छ।प्रथम पुरस्कार कप मेडल,प्रमाण पत्र र नगद राशि,द्दितिय पुरस्कार कप मेडल,प्रमाण पत्र र नगद राशि त्यसैगरी तृतीय पुरस्कार कप मेडल र प्रमाण पत्र राखेको युवा समाजले जनाएको छ।
कुन-कुन टिम छन्?त सहभागी
१-किराञ्चोक फुटबल क्लब
२-पिण्डा फुटबल क्लब
३-च्याङ्ली युवा समाज
४-गैरीगाउँ फुटबल क्लब
५-गजुरी फुटबल क्लब
६-माने भञ्ज्याङ फुटबल क्लब
७-ढाेडेनि युवा समाज
८-गलौदी फुटबल क्लब
९-राम्चे फुटबल क्लब
प्रतिक्रिया