अफगानिस्तानका जद्रानको इङल्याण्डविरुद्ध शतक

  नेपाली सन्देश डट कम | १४ फाल्गुन २०८१, बुधबार १२:५२

काठमाडौँ । अफगानिस्तानका इब्राहिम जद्रानले जारी च्याम्पियन्स ट्रफीको इङल्याण्डविरुद्धको खेलमा शतक प्रहार गरेका छन् ।

टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानका लागि ओपनर जद्रानले १०५ बलमा शतक पुरा गरेका हुन् । उनले शतक पुरा गर्ने क्रममा ३ छक्का र ७ चौका प्रहार गरेका थिए ।

एकदिवसीय क्रिकेटमा उनको यो छैटौं शतक हो । ३५ एकदिवसीय खेल खेलिरहेका जद्रानले ७ अर्धशतक प्रहार गरेका छन् ।

यो समाचार तयार गरुन्जेल अफगानिस्तानले ४० ओभरमा ५ विकेट गुमाउदै २१२ रन बनाएको छ ।
   

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?