प्रकृति प्रकरणमा पत्रकार विजय कुमारको मार्मिक पत्र

  नेपाली सन्देश डट कम | ८ फाल्गुन २०८१, बिहीबार ०१:५९

विजय कुमार ।

श्री अच्युत सामन्तजी
MP Achyuta Samanta सस्थापक , KIIT ओडिसा , भारत

सबैभन्दा पहिला मेरा प्रार्थना र समानुभुति व्यक्त गर्न चाहन्छु – दिवंगत प्रकृति लम्सालको लागी र उनको परिवारका लागी । म भरखरै घर फर्केको छु । बिगत केही दिन समाचार जगतबाट टाढा थिए । जब यो दुखद समाचार पढे , तपाई पनि मष्तिष्कमा आउनु भयो । गत बर्ष सेप्टेम्बर महिनामा तपाई काठमाण्डौ आउदा मित्र विश्व पराजुलीजीको

सौजन्यबाट तपाईलाई भेटने र सुन्ने मौका मिलेको थियो । म सम्झन्छु कति खुसी भएको थिए म तपाईका कुरा सुनेर , तपाईले गरेका परोपकारी काम बारे प्रदर्शित वृतचित्र हेरेर ।
तपाईका शब्दहरु मेरो कानमा अझै ताजा छन जब तपाईले भन्नु भयो – ‘ मैले जुन प्रकारको इज्जत र स्नेह यहा नेपालमा पाएको छु , त्यो मैले अन्य कुनै देशमा पाईन । ‘
हुन त तपाईलाई भेटन अघि मैले तपाईका परोपकारी काम बारे अमिताभ बच्चनजीको ‘कौन बनेगा करोडपति’ मा देखेको पनि थिए।

तर बडा दुखका साथ भन्नु पर्छ म , आज तपाईले नै स्थापना गर्नु भएको संस्थानमा एक नेपाली बिधार्थीले आत्महत्या गर्ने परिस्थिति र त्यस पछी तपाईको स्थापना गर्नु भएको संस्थामा कार्यरत कर्मचारी , शिक्षक र अधिकारीहरुको अमानवीय व्यवाहरका समाचार पढेर निरास भएको छु ।

मलाई लाग्छ , तपाईको संस्था , आफ्ना तमाम उपलब्धिका बाबजुद , आफ्नो संस्थामा कार्यरत केही मान्छेहरुलाई आधारभुत मानवीय मुल्य र मान्यता सिकाउन कतै चुकेको छ । गम्भीर भुल भएको छ तपाईहरुबाट ।

हुनत कुनै दुइ चार जनाको दुरव्यबाहरले नेपाल र भारतबिच जनस्तरको मैत्री सम्बन्धलाई मापन गर्न सकिन्न । नेपाल र भारत दुबै , पुर्वीय सभ्यताका महान धर्म र महान सस्कृतिका मुल्य मान्यतामा बिश्वास राख्छन ।

तर मलाई लाग्छ , तपाईको संस्थाका केही मान्छेहरुले ती मुल्य , मान्यता र न्युनतम सम्मान रेखाको नग्न उल्लघन गरेका छन ।
मलाइ बिश्वास छ, त्यो गम्भीर कानुनी र नैतिक उल्लघनलाई , भारतको कानुनी प्रकृयाले यथाशिघ्र न्याय निरुपण गर्ने नै छ ।
ओडिसा सरकारले जांच समिति गठन गरेको छ । हामीलाई बिश्बास छ दोषीलाई उपयुक्त दण्ड दिएर न्यायले आफ्नो गरिमा कायम गर्नेछ ।

जब यी सबै घटना घटेका छन , मेरो मनमा तपाई आउनु भएको छ । के तपाई अझै आफुले काठमाण्डौमा बोलेका कुरामा अडिग हुनुहुन्छ ?
प्रिय अच्युत सामन्तजी – मलाई बिश्वास छ , तपाई न्यायको पक्षमा उभिनु हुनेछ , बोल्नु हुनेछ । र कानुनी प्रकृयालई सघाउनु हुनेछ । तपाई आफुले स्थापना गरेको संस्थामा न्याय र करुणाको वातावरण स्थापना गर्न गराउन उभिनु हुनेछ । धन्यवाद सहित ।

विजय कुमार
लेखक , पत्रकार
( अंग्रेज़ी भावनुवाद : )

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?