मन्दिरा शर्मा ।
·
आज जजीरा एअरलाईनबाट कुबेत हुँदै जोर्डन जादै थिए । प्लेन भरी नेपाली युबा, युबति थिए । मेरोसंगै सिटमा र वारी पारी बहिनीहरु थिए । प्लेनमा बसेपछी धेरैले घर-घरमा फोन गरे, धेरैका स-साना बच्चाहरु रहेछन । बच्चाहरु छाडेर जानुपर्दाको आमाको पिडाले होला धेरै नराम्ररी रोए ।
सारै नाराम्रो लाग्यो। स- साना बच्चा, परिवार छाडेर, कामको खोजिमा देसै रित्तै हुनेगरी भाषा नबुझने, संस्क्रिती नमिल्ने, आफ्ना आफन्त कोही नभएको अनिन्यन्त्रित आफ्नै शरीरको सुरक्षा नभयको, खाडी जान वाध्यपार्ने नेपाल देश र ब्यबस्थालाई अरु के भनौ?
भूमि सम्बन्धी नितीमा मात्रै दलिय सहमति भए, धेरैले आफ्नै देशको कृषिलाई उकास्ने थिए । कानूनको शासन, न्यायिक संस्थाहरु बलियो बनाएर लगनिको बातावरण मात्रै बनाए, योग्यताका आधारमा कामको गर्न पाउने अवस्था बनाए धेरैले देशमानै श्रम गर्ने थिए ।
अथाह अबसर पाएर पनि, अवस्था र बेबस्था परिवर्तन गर्ने ठाउमा पुगेर केही नगरि, अस्थिराताको खेति गर्ने नेताहरुलाई यी श्रमिकका आँसुको श्राप लागोस । यस्तै श्रमिकका आसुँ र पसिनाको रेमीटान्सले नेता, प्रशासक, सेना, प्रहरि र तिनका परिवार र छोराछोरिको सुख-सयल धानेको छ भन्ने यिनलाई हेक्का त पक्कै होला । सरकारमा गएर, बसेर सरकारले गर्नुपर्ने केही काम नगर्नेले, सरकारमा किन जानु ?
दिदिबहिनीहरु सुरक्षाको ख्याल गर्नु होला, खाडीमै फेरी आर्को दलालले नठगोस, शुभयात्रा !!!
Source: Facebook
प्रतिक्रिया