‘ग्रेनाइडले चम्किदै छ दरवारमार्ग’ (फोटो फिचर)

  नेपाली सन्देश डट कम | ४ फाल्गुन २०८१, आईतवार ०२:४४

फोटो : श्री पाण्डे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड राख्न लगाएका छन् । दरबारमार्गको पैदल मार्गमा काठमाडौं महानगरले ग्रेनाइड बिछ्याउन थालेको हो।

पैदलमार्ग यात्रीमैत्री बनाउन महानगरपालीकाले काम थालेको हो। निर्माण प्रक्रियाको निरीक्षण गर्दै ग्रेनाइडको बाहिरी भाग खस्रो भएकोले यात्रामा चिप्लिने जोखिम नहुने बताइएकोे छ। नारायणहिटी संग्रहालयअगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइड लगाइँदै छ। सडकमा ग्रेनाइड राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ। त्यसभन्दा माथि ब्रिक सोलिङ गरिएको छ। त्यसभन्दा माथि पिसिसी ढलान गरिएको छ। त्यसभन्दा माथि ग्रेनाइट बिछ्याइन्छ। यो १६ एमएमसम्मको हुनेछ। सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रालिले काम गरिरहेको हो। ६ चैत ०८० निर्माण पक्षसँग सम्झौता भएको हो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?