‘वृहत एनआरएनए एकता महाधिवेशन गरौं’

  नेपाली सन्देश डट कम | ४ फाल्गुन २०८१, आईतवार ०१:४४

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद (एनआरएनए) मा देखिएको विवाद बुझिनसक्नु छ। वास्तविक यथार्थ चित्रण गर्नुपर्दा, हामी नेपालीहरूको सोच, चिन्तन, वडोपन, अहङ्कार, पैसाको घमन्ड, पूर्वमा भएका पदहरूको दुरुपयोग, सधैँ सम्मान गर्नुपर्ने र आफुले गरेको सबै ठिक हो भन्ने अत्यन्त दुःखद सोच हरेक समाज, राजनीतिक दल र विभिन्न समूहमा खतरनाक रूपमा फैलिरहेको छ।

जस्तै, गैरआवासीय नेपालीहरूलाई केहि व्यक्तिहरूले व्यक्तिगत स्वार्थको लागि विभिन्न बहानामा विवादमा तान्दै चुनावमा जाने र सबैले चुनाव जित्नको लागि पुरै तागत प्रयोग गर्ने गरिन्छ।

जब चुनाव आफ्ना पक्षमा आउँदैन, तब विभिन्न बहानाहरू बनाएर चुनावलाई अस्वीकार गरिदिने र चुनाव हारेका व्यक्ति हारगुहार गर्दै समानान्तर कमिटी गठन गर्ने यो अत्यन्त लज्जास्पद, अप्रजातान्त्रिक, गैरजिम्मेदार र नाङ्गो व्यवहार हो। असन्तुष्ट पूर्व अध्यक्षहरू र राजनीतिक दलसँग हारगुहार गर्दै यो गलत प्रथा हामी गैरआवासीय नेपालीहरूले विगतदेखि भोग्दै आएका छौं, र यो अत्यन्त दुःखद छ।

जब एनआरएनए जस्तो विश्वभर रहेका नेपालीहरूको बीचमा स्थापित गर्व गर्न सक्ने स्वच्छ संस्था हुनुपर्ने हो, त्यतिबेला मिलेर संयुक्त रूपमा महाधिवेशन र चुनावबाट आउने नेतृत्वलाई सर्वसम्मत मानेर जानुपर्ने थियो।

आज पनि यदि सबै पक्षलाई स्वीकार्य हुने, उत्कृष्ट समन्वय भएको महाधिवेशन हुन सकेन भने यो पवित्र संस्थालाई गैरआवासीय नेपालीहरूले कुनै हालतमा आत्मसात गर्ने छैनन्। अहिले देखिएका अदालतको पहिलो र दोस्रो फैसलालाई एकै ठाउँमा राखेर सबैलाई उचित सम्मान दिनेगरी दुवै पक्षलाई समेट्ने खालको सही निर्णय गरेर एउटै ऐक्यबद्ध महाधिवेशन गर्न नसके, भविष्यमा गैरआवासीय नेपालीहरूको एनआरएनए संस्था संकटमा पर्ने निश्चित छ।

– शम्भु अर्याल,
अध्यक्ष, एनआरएनए इङ्ल्याण्ड राज्य परिषद

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?