राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

  नेपाली सन्देश डट कम | २७ माघ २०८१, आईतवार ०२:०५

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दैँछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजे बस्नेछ ।

 संघीय संसद सचिवालयका अनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक वर्ष  २०८१÷८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन” सभा समक्ष पेस गर्नेछन ।

 साथै, सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले “सामाजिक सञ्‍जाल विधेयक, २०८१” सभा समक्ष पेस गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले “पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्” भन्‍ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?